राजेन्द्र प्रसाद पाठक
बिभिन्न काल खण्डको विशिष्ट अनुभवकै आधारमा तय भएको होला । वैदिक सनातनी काल भन्दा अगाडी देखी नै सत्ताका केन्द्रीय भुमिका निर्वाह गर्नेहरुले आ–आफ्ना अनुकुलता अनुसार साथ सहयोगीहरु राख्ने प्रचलन नभएको होईन । भलै त्यस्ता सहयोगीहरुले कुटनैतिक ढंङ्गबाट असहयोग नै किन नगरुन् । महाभारत कालमा आफ्ना बाबुलाई धृतराष्ट्र«ले अपमान गरेर, जेलमा सडाएर, खान समेत नदिएर अरु भाईहरुलाई समेत मारेकै कारण सबै भन्दा कान्छा सकुनीलाई सबैको गाँस खुवाएर बाप वैरी साधना गर्नकै लागी सकुनी बनाईएको थियो । पछि तिनै सकुनिले जिजामहाराज धृतराष्ट्र«लाई पारिवारीक सहयोगीको छद्म भेषमा भाञ्जा दुर्योधनको मनमस्तिष्कमा डेरा जमाउन सफल भए । यसरी आफन्त र राजनैतिक सल्लाहकारको भुमिकामा पाण्डवहरु र भगवान श्री कृष्णको शक्ति र क्षमता जान्दा जान्दै । अन्याय हुने कुरालाई समेत वेवास्ता गरेर कौरवहरुलाई अकल्पनीय सजाए दिलाएरै छाडेको घटनाले पनि नियुक्ति गलत भयो भने के सम्म हुन्छ भन्ने कुराको गतिलो उदाहरण यो पनि हुन सक्दछ । आधुनिक कालमा समेत सत्ताधारीहरुले सरकारी वतन भत्ता दिएर सहयोगीका रुपमा नियुक्ती दिने परम्परा नै बस्दै आएको छ । नेपालको सन्दर्भमा समेत यस्ता कार्यको निरन्तरता नै कायम छ ।
राजा महाराजाहरुले भाई भारदार र चौतरीयाका नाममा यस्ता पदहरु दिएर स्थाई सहयोगीहरु नियुक्त गरेका हुन्थे । उनिहरुबाट खतरा उत्पन्न हुने छनक पाएमा बेला बेलामा यस्ता पदहरु माथी समेत पाँडे पजनी हुने ब्यावस्था थियो । त्यो भनेको पदधारीहरुलाई जबरजस्त अवकास वा निस्काशन गर्ने परम्परा हो । यसरी नै राजा , राणा , पञ्चायत हुँदै लोकतन्त्र सम्म नै आई पुग्दा समेत बिभिन्न बहाना र रुपमा यस्ता कार्यहरु भैराखेका नै हुन् । रुपमा फेरवदल पक्कै आयो होला सारमा यस्ता कार्यहरुले निरन्तरता पाई नै रहेका छन् । पञ्चायतकालमा पञ्चायत निती तथा जाँचबुझ समिती भन्ने एउटा अत्यन्तै शक्तिशाली निकाय थियो । यसको रिपोर्टलाई नै मुख्य आधार बनाएर राजाले बेला बखत बिभिन्न कदमहरु उठाउने गर्दथे । पछि गएर यही समितीको अकर्मण्यता बढ्दै गयो । यस्ता निकायहरु बढी नै स्वेच्छाचारी बन्दै जाने क्रममा जार र साधु बिचको ब्यावहारको पक्ष विपक्षमा समेत यस्ता समिती सकृय हुन थाले पाश्चात यिनीहरुको शाख गिर्दो हुँदा सिङ्गो पञ्चायती व्यवस्थाको समेत कार्यशैलीमा प्रश्न चिह्न खडा भयो । त्यसकै फलस्वरुप प्रजातन्त्र पुर्नस्थापना त भयो । तर अघिल्ला शैलिमा अभ्यस्तहरु नै फेरी पनि उपल्लो दर्जामा बिभिन्न रङ्ग रुपमा दर्ज हुन सफल भएकै कारण यसले समेत स्थायित्व कायम गर्न सकेन । कालान्तरका राजसंस्था समेत सदाका लागी अन्त भयो । भविष्यमा समेत फर्कन सक्ने आसा कमैले मात्र गर्न थालेका छन् ।
माथी उल्लेखित् उदाहरणहरु जतिसुकै नकारात्मक देखिएता पनि राजनैतिक नियुक्तीको प्रकृयाको थालनी भने अत्यन्तै सकारात्मक उद्येश्यका साथ भएको थियो भन्नेमा दुईमत नरहला । किन भने शासन सत्तामा रहनेहरुको दिल दिमागमा मात्र समग्र देशको सबै निकाय माथी निगरानी नरहन सक्दछ । त्यती मात्रै नभएर देश विकासका लागी बिभिन्न दक्ष जनशक्ति र अनुभवीहरुको खाँचो पूर्ती गर्ने साथ साथै बेला बखत उपर्युक्त सल्लाह सुझवका लागी समेत यस्ता राजनैतिक नियुक्तीले प्रभावकारी भुमिका निर्वाह गर्ने भएकै कारण यस्ता प्रयोजनका लागी सहयोगीहरुको भुमिका निर्विकल्प हुने गर्दछ । समय , काल र परिस्थिीती सङ्ग सङ्गै यस्ता नियुक्तिहरुको रुप समेत बदलिंदै गएको छ । शुरुका दिनहरुमा यस्ता सरकारी तनखावाला सहयोगीहरु अस्थाई प्रकृतिका भएता पनि स्थाई विश्वास प्राप्त भएकाहरुबाट मात्र संभव थियो । तर त्यसकै निरन्तरता स्वरुप वैश्य युगका शासकहरुका सहयोगीहरु भने बिभिन्न रुपका देखिन थाले । अन्यत्र पेशा ब्यावशाय गरेर कुस्त पैसा कमाई सकेकाहरुलाई शक्तिको दुरुपयोग गर्दै पुनः पैसै कमाउने साधनका रुपमा राजनितीक शक्तिलाई दुरुपयोग गर्ने थालनी भए संङ्गै कमाउनका लागी समेत सिद्घ हुने स्थल समेत राजनीती नै बन्न गयो । सम्मान पनि हुने कमाई समेत दुगुणा हुने ठहर भैसके पछि ।
नेतृत्वलाई रिझाएर हुन्छ वा मोटो रकमको थैलि बुझाएर जुन सुकै प्रपञ्चबाट पनि राजनैतिक नियुक्ति लिने परम्पराले जरो गाड्न सफल भएकै कारण सत्ताको सफलता भन्दा लगानी उठाउने , मुनाफा कमाउने , देश विदेश भ्रमण गर्ने , अहिलेको ट्र«म्प सकिए पछि पुनः अर्को पल्ट अर्कै स्थानमा आउनका लागी समेत सकमको जोहो गर्ने आदी दुरासयले भरिएका नियुक्तिहरुकै कारण न त देशको ढुकुटीको रकम सहि सदुपयोग हुन पायो न त सत्तााधारीहरुको सफलता देखियो । यस्ता दुरासय युक्त प्रवृतीका कारण हाम्रो उखानले भने जस्तै न रह्यो बाँस न बज्यो बाँसुरी बन्ने अवस्थाको श्रृजना भएको छ ।
यसको मतलव सबैप्रथम नेतृत्व नै दुराशयले भरिएकोछ । त्यसो त यस्तो आशयको नियुक्ति कस्तो हुने हो त्यो त विउको रोपाई बाट नै थाहा हुन्छ कि फल कस्तो लाग्दछ भनेर । जे होस् सत्ताधरीलाई सफल असफल जे बनाए पनि सहयोगीहरुकै हातमा हुने गर्दछ । किन की राजा देख्दैन , ढुङ्गो बोल्दैन भन्ने उखान नचलेको होईन । सबैजसो स्थानमा नेतृत्वको आँखा नपर्न सक्दछ । त्यसलाई देखाउने काम सहयोगी कै हो । त्यस कारण पनि सहयोगी उचित हुनु जरुरी छ । त्यती मात्र नभएर एउटा सत्ताले चयन गरेको सहयोगी अर्को सत्ताका लागी काम नलाग्न सक्दछ भन्ने मान्यता अनुरुप सत्ताको पतन संङ्गै यस्ता नियुक्तिको समेत अन्त्य हुने परम्परा केही बर्ष अघिसम्म कायमै थियो । तर केहि लोभी पापी अनुहार र अदालतको दुराशययुक्त र अदुरदर्शी निर्णयकै कारण समेत यसो हुन गएको कुरा विज्ञहरु भन्दछन् ।
नयाँ सरकारले छटनी गर्ना साथै अदालतको स्टेअर्डर लिएर पदको थमौति हुने कार्य झन् झन् डर लाग्दो हुँदैछ । किन भने यस्ता नियुक्तिहरुमा तोकिएको अवधीको आशय भनेको सोही नियुक्ति दिने सरकारको अवधी सम्मका लागी मात्रै हो भन्ने कुरालाई भन्दा निजामती स्थाई कर्मचारी सरह मान्यता प्रदान गर्नु आफैमा अर्को विडम्वना बन्न गएकोछ । त्यसैले जो जसकालागी सहयोगी बन्न आएको हो उसैको अन्त्य पाश्चात पनि रही रहन खोज्नु आफैमा निर्लज्ज ब्याबहार समेत हो । तर यस्तै खाले नियुक्तिमा कुनै पनि राजनैतिक हैसियत भएकाहरुको सहयोगी सल्लाहकारको भुमिकामा नरहीकन कार्यदक्षताका आधारमा नियुक्ति पाएकाहरुको हकमा भने फरक खालको निर्णयमा जाँदा समेत फरक नपर्ला । किन की यस्ता खाले शिप र दक्षता हाँसिल गरेकाहरुको हकमा फेरबदल भैरहनु भने उचित नहोला । अन्यथा राजनैतिक नियुक्ति भनेकै सम्बन्धित सत्ताधारीहरुको सहयोगका लागी मात्रै हो भन्दा फरक परोईन । अस्तु !!!