संसदीय सुनुवाइ समितिमा तीन जनाको नाम घोषणा

काठमाडौँ, असार २२ । संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाका तर्फबाट प्रतिनिधित्व गर्ने तीनजनाको नाम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका छन् ।

आज बसेको बैठकको शुरुवातसँगै राष्ट्रियसभाका तर्फबाट सो समितिमा सुमनराज प्याकुरेल, नन्दा चपाई र जितेन्द्रनारायण देवले प्रतिनिधित्व गर्ने जनाएकामा बैठकले उनीहरुको नाम स्वीकृत गरेको थियो ।

पन्ध्र सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीनजना मनोनयन गर्ने व्यवस्था रहेको छ ।

सो समितिमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहनेछन् ।