रसुवा, असार २२ । तराई क्षेत्रमा होस या पहाडी गर्मी याममा आगलागीको जोखिम बढ्ने गर्दछ । आज बिहान रसुवामा भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ भिमली गाउँका हरिप्रसाद घिमिरेको एकतले घर सो आगलागीबाट जली नष्ट भएको हो ।
आगलागीबाट घर, एक चौपाया, नगद र सुनसहित रु १० लाखबराबरको धनमाल क्षति भएको प्रहरीले बताएको छ ।
आगो नियन्त्रणका लागि स्थानीय बासिन्दाका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए ।
0
Shares