पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु

हेटौँडा, असार २३ । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको छ ।

मृत्यु हुनेमा इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका १२ वर्षीय छोरा समीर थिङ र थाहा नगरपालिका–९ बस्ने विश्वरुप आलेका आठ वर्षीय छोरा चन्द्रबहादुर आले रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । शव परीक्षणका लागि हेटौँडा अस्पताल लगिएको प्रहरी कार्यालयले जानकारी गराएको छ ।