चितवन, असार २४ । नेपालले चीन सरकारलाई उपहारस्वरुप पठाउने भनिएको पहिलो जोडी गैँडा यही असार २८ गते चिकित्सक, प्राविधिक र सहयोगीसहित पठाइने भएको छ ।
‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइँदै छ । निकुञ्जका वरिष्ठ चिकित्सक डा कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक प्राविधिक र तीन सहयोगीसहित गैँडा पठाउन लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जनाएका छन् ।
गैँडा नियन्त्रणदेखि हाल सौराहामा राखिएको समयमा सँगै रहेर काम गरेका चिकित्सक, प्राविधिक र सहयोगी चीनसम्म नै जाँदा गैँडाको रेखदेख राम्रो हुने भएकोे छ ।
गैँडा लिनका लागि चीनको चेमलङ सफारी पार्कबाट चिकित्सक र प्राविधिक टोली यसअघि नै नेपाल आइसकेको छ ।
0
Shares