नेपाली जनसम्पर्क समिति, क्यानडाको दोश्रो महाअधिबेशन अगष्टमा हुने ।

लोकसत्ता सम्वाददाता, क्यानडा ।

नेपाली जनसम्पर्क समिति, क्यानडाले दोश्रो महाअधिबेशन यही आउदो २०१८ अगस्ट २६ तारिख अर्थात बि.सं. २०७५ भाद्र १० गते आईतबारका दिन सम्पन्न गर्ने घोषणा गरेको छ । हिजो ग्रेटर टोरोन्टोको ब्राम्पटन सहर स्थित एभरेष्ट तेक्वान्दो सभाहलमा आयोजना गरेको बृहत घोषणा सभा मार्फत उक्त घोषणा सार्वजनिक गरेको हो ।

क्यानडा भरि बसोबास गर्ने प्रजातन्त्र प्रति आस्था राख्ने उल्लेख्य सहभागिहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय कार्यालय, सानेपा बाट महाअधिबेशन सम्पन्न गर्न प्राप्त पत्र पढेर सुनाइनुका साथै स्वच्छ र पारदर्शिका साथ निर्वाचन सम्पन्न गर्नका लागि निर्बाचन समिति गठन गरेको छ । प्रमुख निर्वाचन आयुक्तमा भाष्कर कुमार रेग्मी र आयुक्तहरुमा दधि अर्याल र यादव सापकोटा रहनु भएको छ ।

महाअधिबेशन सफलताका साथ सम्पन्न गर्नका लागि नेपाली जनसम्पर्क समितिका सभापति बुद्धी प्रकास वलीको संयोजकत्वमा ५१ सदस्यीय मूल समारोह सहित बिभिन्न समितिहरु गठन गरेको छ । समितिहरुको बृश्तृत बिबरण यसप्रकार रहेको छ ।

१. मूल समारोह समिति : संयोजक– बुद्धि प्रकास वली (सभापति), उप–संयोजक– ऋषिराम गैरे, असोक यादव, सदस्य सचिव– दिपक गौतम, सचिव– निरन्जन थापा र सदस्यहरुमा कार्यसमितिका पदाधिकारि लगायत अन्य सदस्य ।

२. निर्वाचन समिति :  प्रमुख निर्वाचन आयुक्त–भाष्कर कुमार रेग्मी, सदस्यहरुमा– दधि अर्याल र यादव सापकोटा ।

३. बिधान समिति : संयोजक– सुरेन्द्र खड्का, सदस्यहरुमा दिपक गौतम, अन्जनी भट्टराई र सुरेश रजौरे ।

४. प्रचार प्रशार समिति : संयोजक– राजु थापा, सदस्यहरुमा ऋषिकेष घिमिरे, बसन्त कार्की र अम्रित थापा ।

५. आर्थिक समिति : संयोजक– युवराज शर्मा, सदस्यहरु हेमराज पाण्डे, सम्राट थापा, राजन छत्खुली, राम कृष्ण पौडेल ।

६. अतिथि सत्कार समिति : संयोजक– बसन्त कार्की, सदस्यहरुमा बिपिन पराजुली, उज्वल गौतम, चन्दा अधिकारी, रमेश रिजाल र बाबुराम भुषाल ।

७. ब्यबस्थापन समितिः संयोजक– अनिल महत, सदस्यहरु मनोज बिष्ट र  दिनेश बानियाँ ।

महाधिवेशन भब्यताका साथ सम्पन्न गर्नका लागि नेपाली कांग्रेस केन्दिय कार्यालय बाट केन्द्रिय सदस्य एबं पूर्व मन्त्री श्री दिपक गिरी प्रमुख अतिथि र सिन्धुली जिल्ला पार्टि सभापति श्री उज्वल प्रसाद बराल अतिथिको रुपमा प्रतिनिधि तोकि पठाईएको जानकारी गराईएको छ ।

साथै कार्यक्रममा नेपाली जनसम्पर्क समिति, क्यानडा प्रति केहि असहमति राखी बाहिर रहनु हुने प्रजातन्त्र प्रति आस्थावानहरुलाई सदस्यतला लिई आउदो यस महाअधिवेशन मार्फत डेमोक्रेटिक प्रतिष्पर्धामा सक्रिय सहभागि हुन आब्हान समेत गरिएको छ ।

बृहत भेला समापन पछी नेपाली जनसम्पर्क समितिले समाजसेवी कुन्दन घिमिरेको सहयोगमा सांझ बारबिक्यू कार्यक्रमको आयोजना गरेको थियो ।