अरुण गाउँपालिकाभित्रका फरक क्षमता भएका १५० जनालाई भत्ता प्रदान

भोजपुर, असार २५ । अरुण गाउँपालिकाद्वारा फरक क्षमता भएका सर्वसाधारणहरुलाई भत्ता दिइएको छ ।

स्थानीय सरकारले एक कार्यक्रमकाबीच प्रोत्साहनस्वरुप गाउँपालिकाभित्रका १५० जनालाई भत्ता प्रदान गरेको हो ।

‘ग’ र ‘घ’ वर्गका ७५/७५ जना गरी जम्मा १५० जना अपाङ्गता भएका व्यक्तिलाई प्रतिव्यक्ति वार्षिक रु छ हजारका दरले भत्ता दिइएको स्थानीय सरकारका प्रमुख एवं गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले बताए ।

राज्यले दिने सेवा सुविधाबाट वञ्चित रहेका फरक क्षमताका सर्वसाधारणले पहिलोपटक गाउँपालिकाबाट भत्ता तथा सम्मान पाएपछि निकै खुशी भएका छन् ।