एनआरएनद्धारा प्रतिभाशाली बिध्यार्थी सम्मानित

एक प्रदेश,एक स्कूल सहयोग कार्यक्रम

राजदुतवाट सम्माानिजत हुदै अनुष्का पोखरेल

गैर आवासीय नेपाली अष्ट्रेलिया न्यू साउथ वेल्सले एक प्रदेश, एक स्कूल लाई सहयोग गर्ने उद्देस्यका साथ सिडनीमा एक भब्य कार्यक्रमको आयोजना गर्दै प्रतिभाशाली बिध्यार्थी सम्मान समेत गरेको छ । नेपालको दुर्गम जिल्लामा रहेका सरकारी स्कुललाई सहयोग गर्ने उद्देस्यका साथ आयोजना गरिएको कार्यक्रममा करिब तिन सय ब्यक्तीत्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा न्यु साउथवेल्सवाट उच्च माध्यामिक तहमा सर्वाधिक अंक ल्याएर नेपाली समाजको प्रतिष्ठा अभिबृद्धी गर्ने पाँंच प्रतिभाशाली जेहन्दार बिध्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथी अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले मुलुकको पीछडिएको क्षेत्रमा रहेका ग्रामिण स्कुललाई सहयोग गर्ने उद्देस्यका साथ आयोजित कार्यक्रम आफैमा महत्वपुर्ण रहेको बताइन । राजदुत शेर्पाले एनआरएनले मुलुकको बिकास निमार्णका कार्यमा लामो समयदेखि गर्दै आएको योगदान महत्वपुर्ण रहेको बताउदै देशको बिकासमा हात बढाउने प्रवासी मनहरु धन्यबादको पात्र रहेको सुनाइन । शेर्पाले सोही अवसरमा एचएससीमा सर्वोकृष्ट अंक हासिल गर्ने मेलिका कार्की, अनुष्का पोखरेल,हिम्प्रीत गुरुङ,,विवेक मिश्र र आयम श्रेष्ठलाई सम्मान गर्दै नेपाली युवा पीढीले अस्ट्रेलियाको शिक्षामा समेत आफ्नो अलग पहिचान बनाएकोमा बधाइ ज्ञापन गरेकी थिइन । कार्यक्रममा एनआरएन अ‍ोसेनियाका संयोजक धर्म अधिकारीले बिदशेमा रहदै गर्दा स्वदेशको माटोलाई माया गर्ने कुरामा नेपालीहरु सधै अगाडि रहेको बताउदै सबैभन्दा पहिले आफ्नो गाँंउको बिकास गर्ने अनि जिल्लाको र त्यसपछि क्षेत्रको अनि देशको उन्नतीमा हामी जुट्नु पर्नेबेला आएको बताए । उनले सोही समारोहमा उनले आफ्नोतर्फवाट कार्यक्रममा सहयोगको समेत घोषणा गरे ।
एनआरएनले प्रवासमा रहेर मुलुकको हितमा र अन्य बिषयमा धेरै काम गरेपनि नदेखिएको बताउदै एनआरएनका उपाध्यक्ष नन्द गुरुङले देशको मुहार उज्यालो पार्ने बिषयमा आफुहरु लागिपरेको बताए । उनले एनआरएनले बिध्यार्थीको हितमा समेत थुप्रै कार्य गर्दै आएको समेत सुनाए । एनआरएन एनएसडब्लुका स्कुल कार्यक्रम संयोजक दिपक पहारीले बाजुराको चन्द्रनाथ,कालीकोटको थिङ्लेनी देवी, कास्कीको प्रभात मावी,लमजुङ जनज्योती ,धादिङको मान्डली ,नुवाकोटको चनडाँंडा र ताप्लेजुङको दुर्गा माबी ,बांकेको श्री रारा र सप्तरीको राष्ट्रीय मावीलाई पहिलो चरणमा आर्थिक तथा भौतिक सहयोग गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्का, एनअराएनकी पुर्व प्रवक्ता रन्जु थापा ,एनआरएनका महासचिब नारायण कोइराला, लगायतले कार्यक्रमको सफलताको कामना गरेका थिए । एनआरएन एनएसडब्लुका सरोज पाण्डे र नारी निकुन्जकी सन्ध्या शाहले सन्चालन गरेको कार्यक्रममा चित्रकार कृष्ण श्रेष्ठको पेन्टिङवाट समेत करिब दुइ हजार सात सय डलर संकलन गरिएको थियो । महेश प्रशाइ र विजय पौडेलको निकै आकर्षक मोलमोलाईमा युवा व्यवशायी सन्जिव शर्मा, किरण थापा र जितेन्द्र श्रेष्ठले पेन्टिङ खरिद गरेर कार्यक्रममा सहयोग पुरयाएका थिए ।