सामाजिक सञ्जालको दुरुपयोग, साइबर अपराध समस्याका रुपमा

विराटनगर, असार २६ । सामाजिक सञ्जालको प्रयोग निकै नि बढ्दै गइरहेको छ । यसको प्रयोग गलत तरिकाबाट हुँदा समाजमा अनेकौ विकृतिहरुसमेत देखा पर्ने गरेका छन् ।

यसकारण साइबर अपराधका घटना बढ्न थालेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर वा चरित्र हत्या गरेर रमाउनेको संख्या बढेसँगै साइबर अपराधका घटना दिनहुंँ वृद्धि हुँदै गइरहेका छन् ।

सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति वा समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्दा साइबर अपराधमा परिने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ ।

सोमबार जष्ट से नो नेपाल नामक संस्थाले साइबर अपराध र कानूनी व्यवस्थाका बारेमा फरक उमेर समूहका व्यक्तिलाई केही जानकारी गराएको थियो ।

कार्यक्रममा विराटनगर महानगरका प्रमुख भीम पराजुलीले साइबर अपराध पछिल्लो समय समस्याका रुपमा देखा पर्न थालेकाले यसलाई विद्यालयस्तरबाट बालबालिका र सामाजिक अभियानका रुपमा लैजानुपर्ने विचार प्रस्तुत गरेका छन् ।