मानेभञ्ज्याङ्ग गाउँपालिकामा नेपाली कांग्रेस भारी मत अन्तरले विजय बनेको छ । गाउँपालिका प्रमुखमा मोतिराज राई एमालेका उम्मेदवार रुपलाल तामाङ सँगको प्रतिस्पर्धामा फराकिलो मत अन्तरले विजयी भएका छन् ।
कांग्रेसको तर्फबाट राईले ३४६३ मत ल्याएर विजयी भए भने एमालेका निकटतम प्रतिद्वन्दी रुपलाल तामाङ २५७२ मतले नै चित्त बुझाए । राईले तामाङलाई ८११ मतले पछि पार्दै विजय बनेका छन् । त्यस्तै उपप्रमुखमा पनि कांग्रेसले नै विजय हासिल गरेको छ ।
उपप्रमुखकी उम्मेदवार सविता राई विजय बनेकी छिन् । उनी ४०३५ मत ल्याएर विजयी भइन भने उनकी निकटतम प्रतिद्वन्दी एमालेकी भावना राईले २१५३ मत प्राप्त गरिन् ।
यसैगरी माओवादी केन्द्रका प्रमुखका उम्मेदवार युवराज राईले १ हजार १ सय ६० र गाउँपालिकामा चम्पासरी राईले १ हजार २ सय ३५ मत प्राप्त गरेका छन् ।
0
Shares