तनहुँ समाज अस्ट्रेलियाको भेलाले दिनेश खनालको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ । समाजको नँया कार्यसमिती उपाध्यक्षहरुमा मेघराज पौडेल र सुदिप ढकाल रहेका छन भने महासचिबमा सुर्य खनाल जिर्विरोध निर्वाचित भएका छन ।
यस्तै नया कार्यसमितीको सचिबमा सागर लोहनी र कोषाध्यक्षमा महेन्द्र घिमिरे निर्विरोध चुनिएका छन । कार्यसमितीका अन्य सदस्यहरुमा जन सम्पर्क अधिकृतमा सरोज भट्टराइ , सदस्यहरुमा नबिन राना, कमल ढकाल, दामोदर अधिकारी, शन्देश राजभण्डारी र बिकास भुजेल निर्विरोध भएको समीतीका वरिष्ठ सल्लाहकार दिनेशराज जोशीले पढेर सुनाएका थिए ।
समाजका पुर्व अध्यक्ष परशुराम अधिकारीले बुधबार एक कार्यक्रमका बिच नया कार्यसमितीका पदाधिकारीहरुलाई कार्यकालको निर्णय पुस्तीका सहित कार्यभार सुम्पेका छन । तनहुँं समाज अस्ट्रेलियाले यसअघि गरेको कार्यको बिवरण पेश गर्दै पुर्व अध्यक्ष परशुराम अधिकारीले जन्मेको ठाउँं र हुर्केको गाउ ठाउँंमा केहि गर्न सकियोस भन्ने उद्देस्यले स्थापीत संस्थाले जिल्लाका केहि स्कुललाई आर्थिक सहयोग गर्नुका साथै अन्य बिषयमा सघाएको बताए ।
समाजका सल्लाहकार तथा आइसीसी सदस्य दिनेशराज जोशीले समाजले जिल्लासँंग जोडिएर अपनत्वको भावना जागृत गरेको बताउदै आगामी दिनम ानया कार्यसमितीले जिल्लाको बिकासमा नया योजना कार्ने बिश्वास लिएको बताए ।
एनअराएन एनएसडब्लुका संयोजक नन्द गुरुङले अस्ट्रेलियामा रहेको समाजहरुमा छुटटै पहिचान बनाएको तनहुँं समाजले कला संस्कृतीको क्षेत्रमा महत्वपुर्ण योगदान दिएको बताए । कार्यक्रममा एनआरएन आइसीसी खेलुकद बिभाग प्रमुख राजु मानन्धर, सल्लाहकार सुवाश श्रेष्ठ , पत्रकार मनक्रृषी धिताललगायतले समाजको उत्तरोतर प्रगतीको कामना गरेका थिए ।
समाजका अध्यक्ष दिनेश खनालले युवा जोशले भरिएको नया कार्य समितीले पुराना अग्रजलाई धन्यबाद दिदै नया जोशका साथ फरक कार्यक्रम ल्याउने प्रतित्रद्धता ब्यक्त गरे ।