कञ्चनपुर, असार २८ । शुक्लाफाँटा नगरपालिका–८ मा रु नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणको काम थालिएको छ ।
सो आयोजनाको बोरिङ गर्ने काम अगाडि बढाइएको छ । खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं ८ र ९ का एक हजार सात सय घरधुरी लाभान्वित हुने वडा नं ८ का वडाध्यक्ष बहादुर महराले बताए ।
चुरे फेदको बस्ती भएकाले गर्मीका बेला पानी सुक्ने गरेको छ । नदी र खोलाको पानी सुकेपछि स्थानीयवासीले पानीका लागि निकै दुःख बेहारिरहनु परेको छ ।
0
Shares