युनिभर्सल इन्जिनियरीङ्ग कलेज प्रशासनले गरेको भ्रष्टचारका विरुद्धमा नेपाल विद्यार्थी संघले रिले अनशन सुरु गरेको छ ।
विद्यार्थीलाई लगाएको मुद्धा तत्काल फिर्ता गर्नुपर्ने, कलेज बसको व्यवस्थापन गर्नुपर्ने लगायत मागसहित नेपाल विद्यार्थी संघका केन्द्रिय नेतादेखि कलेजमा आवद्ध विद्यार्थी नेताहरुसमेत अनशनमा बसेका छन् ।
आफुहरुको माग क्याम्पस प्रशासनसँग रहेको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सन्जीव न्यौपानेले बताए । क्याम्पसमा बढ्दै गएको अनियमितता र अराजकतालाई मध्यनजर गर्दै क्याम्पस परिसरमा नै अनशन शुरु गरेको न्यौपानेले जानकारी गराएका छन् ।
युनिभर्सल इन्जिनियरीङ्ग कलेज प्रशासनसमक्ष उनीहरुका माग यस प्रकार छन् :–
– खेल सप्ताहको मिति तुरुन्त सार्वजनिक गर्नुपर्ने ।
– खेल सप्ताहको पुरस्कार वितरण को मिति तुरुन्त सार्वजनिक गर्नुपर्ने ।
– फोटोकपि सेन्टर कलेज समयसम्म सञ्चालन गर्नुपर्ने । कलेजमा क्याम्पस प्रमुखको उपस्थिति – – – अनिवार्य रुपमा विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म हुनुपर्ने ।
– कलेजमा पार्किङ्गको उचित व्यवस्थापन हुनुपर्ने ।
– विद्यार्थीको स्वागत तथा विदाईको व्यवस्था गुर्नुपर्ने ।
– तेस्रो बर्ष दोस्रो खण्डको सिंचाइ भ्रमणको समय र स्थान तत्काल सार्वजनिक गुर्नपर्ने ।
– हाल चलिरहेको पहिलो टर्मिनल परीक्षाको समय परिवर्तन गर्नुपर्ने ।
– निर्माण प्रयोगशालालाई व्यवस्थित गर्नुपर्ने ।
– सर्वेक्षण क्याम्पको मिति तुरुन्त सार्वजनिक गर्नुपर्ने ।
– पाठ्यक्रममा भएर पनि कार्यान्वयनमा नआएका प्रयोगशालाहरु तुरुन्त सञ्चालन गर्नुपर्ने ।
– कार्यक्रम हलको व्यवस्था गर्नुपर्ने ।
– इन्टरनेटको पूर्ण व्यवस्थापन हुनुपर्ने ।
– लगायतका माग छन्