बाजुरा, असार १९ । बाजुरा जिल्लामा जम्मा नौ वटा स्थानीय तहहरु मध्ये ६ तहमा नेपाली काँग्रेस विजय बनेको छ भने बाँकी तीनवटा तहमा नेकपा (एमाले) विजयी भएको छ ।
जसमा चारवटा नगरपालिका र दुईवटा गाउँपालिकामा काँग्रेस तथा तीनवटा गाउँपालिकामा एमाले विजयी भएको छ । काँग्रेस बूढीनन्दा, बडिमालिका, बूढीगङ्गा, त्रिवेणी नगरपालिका तथा हिमाली र छेडेदह गाउँपालिकामा विजयी बनेको हो भने एमाले पाण्डवगुफा, स्वामिकार्तिक र गौमुल गाउँपालिकामा विजयी भएको छ । जिल्लाका कुल ६९ वडा मध्ये ३४ वडा अध्यक्षमा काँग्रेस, ३२ वडा अध्यक्षमा एमाले र तीनवटा वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।
बूढीनन्दा गाउँपालिकाको अध्यक्षमा पद्मकुमार गिरी तीन हजार ३३६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनककुमार बोहराले तीन हजार १८७ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी सृष्टि रेग्मी तीन हजार ३०८ मत ल्याई विजयी बनिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रीता सिंहले तीन हजार १८० मत प्राप्त प्राप्त गरेकी छिन् ।