दुर्घटनामा परी मृत्यु भएका र घाइते भएकाप्रति सभापति देउवाद्वारा शोक व्यक्त

काठमाडौँ, साउन ३ । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ धारापानीमा बुधबार जीप दुर्घटनामा परी मृत्यु हुने र घाइते भएकाहरुप्रति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

आज एउटा शोक विज्ञप्ति प्रकाशित गरी सभापति देउवाले सवारी दुर्घटना तथा पहिरोमा परी मृत्यु भएकाहरुप्रति दुःख व्यक्त गर्दै उनीहरुको आत्माको चीर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको काँग्रेस केन्द्रीय कार्यालयले बताएका छन् ।

बाग्लुङको गल्कोट नपा–११ रिघा भाुलपाइलेस्थित रइले खोलानजिक जीप दुर्घटना हुँदा नेपाल पत्रकार महासंघका पूर्वमहासचिवसहित १४ जना घाइते भएका थिए ।

गए राति परेको अविरल वर्षाका कारण पर्वतको जलजला गापा–८ लिस्तीमा पहिरोमा पुरी एक जनाको मृत्यु भएको थियो ।

साथै, सभापति देउवाले सो घटनाहरुमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।