ओखलढुंगा, असार १९ । ओखल्ढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ ।
जनचासोको बिषय बनेको मोलुङ गाउपालिकामा लामो समयको प्रतीक्षापछि प्रमुखमा एमालेका मणिराज राई ३०१२ मत ल्याएर बिजयी बनेका छन । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेका महेन्द्र कार्कीले २९८६ मत प्राप्त गरेका छन ।राईले कार्कीलाई २६ मतले पछि पार्दै विजयी बनेका हुन् ।
उपप्रमुख पदमा कांग्रेसकी हेमकुमारी तामाङ विजयी भएकी छिन् । एमालेकी हेमकला धमलाभन्दा ५०७ मत अन्तरमा तामाङ विजयी बनेकि हुन । कांग्रेसकि तामाङले ३२५९ मत ल्याएर विजयी भइन् भने धमलाले २७५२ मत मात्रै पाइन् ।
मोलुङ गाउँपालिकामा मतपरिणाम आएसँगै ओखलढुंगामा मतगणनाको काम पनि सम्पन्न भएको छ । जिल्लामा ८ स्थानीय तहमध्ये ४ स्थानीय तहमा कांग्रेस, ३ स्थानीय तहमा एमाले र १ स्थानीय तहमा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।