राज्यलाई ठगी गर्ने दुई ठेकेदार प्रचण्डका प्रिय कसरी बने ?

काठमाडौं, साउन ४ । ‘ए’ ग्रेडका ठेकेदारहरुलाई सोधे प्रष्ट उत्तर आउँछ–अहिले समैभन्दा बढि काम लिने, समयमा नगर्ने, गरेको काम पनि विगार्ने, गुणस्तरहिन काम गरेर राज्यलाई ठगी गर्ने ठेकेदारहरुमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट ठेकेदारद्धय शारदाप्रसाद अधिकारी र बलराम महतो हुन् ।

केही समय पहिलो गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले काम समयमा सम्पन्न नगर्ने ठेकेदारहरुलाई कारबाही अभियान चलाए । सञ्चारकर्मीहरुको जिज्ञाशामा गृहमन्त्री थापाले भनेका थिए–‘काम विगार्ने, राज्यलाई ठग्ने मात्र नभई प्रचण्डकै मान्छे ठेकेदार भए पनि कारवाही गर्छु ।’

‘समय यतिखेर उल्टो गतिमा चलिरहेको छ । यि दुई ठेकेदार जो प्रचण्ड निकट मानिन्छन्, उनीहरुलाई अर्बौको योजना ठेक्का दिइएको छ, काम भएको छैन्, कारवाही पनि भएको छैन् ।’-एक ठेकेदार भन्छन् ।

ठेकेदार अधिकारी तिनै ब्यक्ति हुन् जहाँ प्रचण्ड भाडामा बसिरहेको नाटकमञ्चन गरिरहेका छन् । ठेकेदार अधिकारीको विगतको हैसियत कसलाई थाहा छैन् कि त्यो घर अधिकारीको हो भन्दा सर्वसाधारणले पत्याउन ।

त्यसैगरी, बलराम महतो जसको विगत निकै तल्लोस्तरको छ । आज अर्बौंको मालिक मात्र बनेका छैनन्, खर्बौको आयोजनाहरुको ठेक्का पाउन सफल भएका छन् । जबकि केही बर्ष पहिले उनी कालिका कन्स्ट्रक्सन प्रालिमा सवकन्ट्राक्टरका रुपमा काम गर्थे । काम जताततै विगार्ने, समयमा नगर्ने, गुणस्तरहिन काम गरेर राज्यलाई लुट्ने मात्र नभई कमिशन, कार्टेलिङ वा जुनसुकै तरिका अपनाएर ठेक्का लिने अहिले महतोको दैनिकी बनेको छ ।

उनको कम्पनी रमन कन्स्ट्रक्सन प्रालिले धाप ड्याम योजना, हिड्न योग्य शहरी फुटपाथ, अरवान रोड अफ जनकपुर, डीबीएसटी ब्ल्याकटप रोड प्रोजेक्ट, लघुवाघाट भोजपुर रोड प्राजेक्ट, बेलबास–बेथरी सडक विस्तार, केयूकेएलको अधिकांश वाटर सप्लाई प्रोजेक्ट, सखुवा वाटर सप्लाई प्रोजेक्ट, मिरचैया वाटर सप्लाई प्रोजेक्ट, कावास्वाती वाटर प्रोजेक्ट, बागमती करिडोर योजना, जनपुर रेलवे प्रोजेक्टलगायत दर्जनौं योजनाको ठेक्का पाएको छ ।

प्रायजसो योजनाहरुको समयावधि सकिसक्यो । यसअघि गरेका योजना पनि गुणस्तरहिन रहेका छन् । अहिले काम भइरहेका सवै योजनाहरु मिलाएर एकमुष्ट हिसाव गर्ने हो भने रमन कन्स्ट्रक्सन प्रालिले विगत दुई बर्षमा पाएको ठेक्का ५ सय १५ करोड रुपैयाँभन्दा माथि छ । कार्यकारी निर्देशक महतोको उक्त कम्पनीलाई कुन आधारमा त्यति ठूला योजनाहरुको ठेक्का दिइयो ? त्यसको सहज उत्तर हो–कमिशन, राजनीतिक संरक्षण, ठेक्कामा मिलेमतो, सुरा, सुन्दरी र सेटिङ ।

जसलाई प्रचण्डजस्ता प्रभावशाली नेताको संरक्षण छ । हालै महतोको कम्पनी ऐतिहासिक सम्पदा धरहराको पुर्ननिर्माण गर्ने विषयमा टेण्डर भर्दा चिनियाँ कम्पनीको नक्कली कागजात पेश गरेको काण्डमा विवादमा तानिएको छ । उक्त टेण्डरमा विड गर्ने सबै कम्पनीहरुले छानविनको माग गरका छन् ।

साभार ः सिटिजन पाेष्ट