सरकारले निरंकुश शाही शासनको झझल्को दियो : डा शेखर कोईराला

काठमाडौं, असार ६ । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले शान्तीपुर्ण प्रदर्शनमा ओली सरकारले बल प्रयोग गरेर निरंकुश शाही शासनको झझल्को दिएको बताएका छन् । बर्तमान सरकार कुनैपनी बाहानामा लोकतन्त्र समाप्त गरेर मुलुकमा सर्बसत्ताबाद स्थापना गर्न लागीपरेको उनले प्रष्ट्याए ।

कोईरालाले डा गोबिन्द केसीलाई सत्याग्रह बसेको ठाउँबाट जबर्जस्ती उठाएर सरकारले ठुलो गल्ती गरेको स्पष्ट पारे । कहिले उपकुलपतीलाई अपराधी जस्तो गरी बिमानस्थलबाट पक्रिने, कहिले सत्याग्रहमा बसेको डाक्टरलाई अमानविय ब्यवहार गर्दै उठाउने यो सरकारको के चाल हो उनले प्रश्न गरे । मन्त्रीलाई प्रश्न सोधेको निहुँमा कार्यक्रम बन्द गर्न सक्ने यो सरकारको कस्तो तागत हो ? उनले भने, यसले के सन्देश जान्छ ? सरकार कुन बाटो हिड्दैछ ? यो सरकारलाई कसले सही बाटोमा ल्याउँछ ?

बिपी कोईरालाको ३६औं स्मृतिको अवसरमा नेपाली काँग्रेस बाँकेले नेपालगंजमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै कोईरालाले नेपाली काँग्रेस पार्टी अब तदर्थबाद बाट चल्नै नसक्ने बताए । केन्द्रिय सदस्य प्रदिप पौडेलले बिगतमा पार्टीले कहाँ गल्ती गर्यो र जनताले यती ठुलो सजाय दिए भनेर अब समिक्षा गर्न जरुरी रहेको स्पष्ट पारे ।

कार्यक्रममा पुर्व आमन्त्रित केन्द्रिय सदस्य केशव सिंह,पुर्व सांसद शोभाकर पराजुली, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्षहरू- डा गोबिन्द पोख्रेल र डा स्वर्णिम वाग्ले, काँग्रेस ईलामका सभापती हिमालय कर्माचार्य, बर्दियाका सभापती संजय गौतम, बाँकेकी सभापती किरण कोईराला लगायतले आफ्नो मन्तब्य राखेका थिए ।