‘अब हुकुमी शैलीमा पार्टी चल्न नसक्ने’

चितवन, साउन ७ । प्रा डा गोविन्द केसीले उठाएका सम्पूर्ण माग सरकारले सम्बोधन गर्नुपर्ने नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताएका छन् ।

सरकारले केसीको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको उनको भनाइ छ । उनले उठाएका माग जायज रहेको बताउँदै उनले काँग्रेसको नेतृत्वमा रहेको सरकारले उनको मागलाई सम्बोधन गरेर नै अध्यादेश जारी गरेको बताए ।

अहिले सरकारले त्यो अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्यायो, यस कारण समस्या भएको हो– उनले भने । उनले पार्टीभित्रको विवाद महाधिवेशनले सल्टाउने विश्वास व्यक्त गर्दै अब हुकुमी शैलीमा पार्टी चल्न नसक्ने उनको भनाइ छ ।