बर्दिया, साउन ७ । बर्दियामा विद्यालय जाने उमेर समुहका बालबालिकाहरु विद्यालय भन्दा बाहिर हुनेको संख्या २० प्रतिशत रहेको छ ।
बर्दिया नगरपालिकाले नेपालकै पहिलो विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरेपनि २० प्रतिशत वालश्रमीक अझै विद्यालय जानबाट बञ्चित छन् ।
‘एक बच्चा भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने मूल नाराका साथ गत असार २८ गते चालू शैक्षिकशत्रमा नगरपालिकाभरिका सबै बालबालिका विद्यालयमा भर्ना गराएर सो नगरपालिकालाई नेपालकै पहिलो विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरिएको थियो । तर पनि त्यहाँ २० प्रतिशत बालबालिका अझै स्कूल बाहिर रहेर बालश्रम गरिरहेका छन् ।
भारतका ठूला शहरमा समेत पुगेर श्रम गर्ने बालबालिकाको तथ्याङ्क संकलन र तिनले निःशुल्क रुपमा पढ्न पाउनुपर्ने नीति बनाउनु पर्ने हो तर त्यसतर्फ राज्यको ध्यान नखिचिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले बताए ।