सरकार लगाम बिनाको घोडा जसरी हिडेको : कोइराला

नेपाली चेलिहरूको अस्मितामाथी अत्यन्तै आपत्तीजनक अभिब्यक्ति दिने कानुनमन्त्रीलाई पदमा बसिरहने कुनै नैतिकता नभएको नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् ।

नेपाली काँग्रेस बर्दिया द्वारा गुलरियामा आयोजित कार्यक्रमा बोल्दै उनले तत्काल कानूनमन्त्रीलाई बर्खास्त गर्नुपर्नेमा जोड दिएका छन् ।

सार्बजनिक पदमा रहेर कानुनमन्त्री शेरबहादुर तामाङ्गले दिएको अभिव्यक्तीले आम नेपाली चेलीहरूको आत्मसम्मानमा ठेस पुगेको उनले बताए । सरकार अहिले लगाम बिनाको घोडा जसरी हिडेको भन्दै उनले देशमा अराजकता मौलाउँदै गएकोप्रति दुःख व्यक्त गरे ।

नेता कोइरालाले सरकार बहुमतको दम्भबाट मुक्त नभए त्यो कम्युनिष्टहरुकै लागि दुर्भाग्य हुँने बताउँदै उनले राणा, पंचायत र शाही शासनका बिरूद्ध लडेको काँग्रेसलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।

काँग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले सस्तो लोकप्रियताका नाममा झूटको खेती गरी जनतालाई व्यबकुफ नबनाउन सरकारलाई चेतावनी दिए । नेबिसंघका पुर्व केन्द्रिय अध्यक्ष केशव सिंहले कम्युनिष्टको ज्यादती बिरुद्ध लड्न युवाहरूलाई तयार रहन निर्देशन दिएका छन् ।

उक्त कार्यक्रममा पुर्व सचेतक डा शोभाकर पराजुली, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्षहरु डा गोबिन्द पोख्रेल र डा स्वर्णिम वाग्ले लगायतले आफ्ना विचार प्रस्तुत गरेका थिए ।