राजपाले तीन जना राज्यमन्त्री छनोट गर्यो

धनुषा, साउन ८ । प्रदेश नं २ मा सरकारमा सहभागि हुनका लागि राष्ट्रिय जनता पार्टीले तीन राज्यमन्त्री छनोट गरेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाएका हुन् ।

राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा रहेका छन् । प्रदेश नं २ मा सरकार गठन भएको पाँच महिनापछि राजपाले तीन राज्यमन्त्री छानेको छ । बुधबार राज्यमन्त्रीले शपथ लिने तयारी छ ।

राजपाको बैठकले डा झालाई भौतिक पूर्वाधार, शर्मालाई सामाजिक विकास र मण्डललाई उद्योग, पर्यटन वन तथा वातावारण राज्यमन्त्री बनाउने निर्णय गरेको हो । परमेश्वर साहलाई प्रमुख सचेतक बनाउनेसमेत राजपाको निर्णय छ ।