काठमाडौं, साउन ८ । कानूनमन्त्री शेरबहादुर तामाङको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले धर्ना दिएको छ ।
कानुनमन्त्री तामाङले चिकित्सा शिक्षा अध्ययन गर्न बंगलादेशलगायतका मुलुकमा जाने नेपाली छात्राहरूले शैक्षिक प्रमाणपत्र लिन शरिर सुम्पेको अभिव्यक्ति दिएका थिए ।
मन्त्रीले यस्तो अभिव्यक्ति दिएर नारी अस्मिताको धज्जी उडाएको भन्दै नेविसंघले कानुनमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको नेबि सघ केन्द्रिय सदस्य शुसिल भट्टले बताए ।
नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा भएको धर्नालाई विद्यार्थी नेतृहरु जानुका पन्त, तुलसा पन्त ,ललिता सुनुवार र पुनम लामा लगायतले सम्बोधन गरेका छन् ।
0
Shares