मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा आउदो सेप्टेम्बर १७ देखि २७सम्म काठमाडौमा हुने मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकपमा सहभागिता जनाउने उद्देस्यका साथ अस्ट्रेलियन नेप्लीज फुटबल टोली निमार्णका लागि अस्ट्रेलियामा एउटा तयारी समिती निमार्ण गरिएको छ । गैर आवासिय नेपाली संघ खेलकुद बिभागका केन्द्रिय संयोजक राजु मानन्धरको संयोजकमा खेलाडी छनोट तथा तयारी समिती गठन गरिएको हो । मानन्धरको संयोजकत्वमा गठित समितीको सदस्यहरुमा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ , आइसीसीका पुर्व युवा संयोजक विजय पोखरेल, एनआरएन ओसेनिया खेलकुद संयोजक भुपाल सिटौला,एनआरएन खेलकुद समितीका सल्लाहकार सुवास श्रेष्ठ ,जीएनसीका राजिव श्रेष्ठ,अनिल थापा, एनआरसीका बिष्णु हमाल, माछापुच्छ्रेका अध्यक्ष विजेन बटाजु,आइसीसी सदस्य राज थपलीया , सहाराका लबिन गुरुङ ,नयाका प्रकाश खरेल , नाइफाका अरुण गौतम , एनआरएन मिडिया कमिटीकातर्फवाट हेमन्त काफ्ले रहेका छन । यस्तै कमीटीमा अस्ट्रेलियाका बिभिन्न राज्इहरु भिक्टोरिया ,क्वीन्सल्यान्ड, डार्बिन, एडिलेड र क्यानबेरावाट पनी प्रतिनिधी रहने संयोजक राजु मानन्धरले बताए । अस्ट्रेलियामा छरिएर रहेका फुटबलका प्रतिभालाई छनोट गरी नेपालको महत्वपुर्ण प्रतियोगितामा सहभािग गराउँंदा यसको प्रभाव निकै महत्वपुर्ण रहने अकाृ आयोजक सुवास श्रेष्ठले बताए । एन्फाले अस्ट्रेलियामा रहेका नया पुस्ताका खेलाडीलाइ प्रतियोगितामा सहभािगता गराउन आग्रह गरेको र प्रतियोगिता राष्ट्रिय खेलाडी छनोटको आधार पनि भएकोले यहाँं रहेका युवा खेलाडीहरुको मुलुकसँंग जोडिने महत्वपुर्ण माध्यमपनि बन्ने श्रेष्ठले सुनाए ।
फुटबल सहभागिता तयारी समिती गठन
0
Shares