सरकारको निरंकुशताविरुद्ध लागिपर्ने नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले चेतावनी दिएका छन् ।
नेपाल प्रेस युनियनले ३६ औँ बिपी स्मृति दिवसको सन्दर्भमा बुधबार आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले सरकारको निरंकुशताका विरुद्धमा जुध्न पार्टीका सबै नेता, कार्यकर्तालाई एकजुट भएर अगाडि बढ्न पनि अनुरोध गरेका छन् ।
उनले सरकारले पञ्चायतकालीन शैलीमा तरुण दलका नेता, कार्यकर्तामाथि केही दिनअघि आक्रमण गरेको स्मरण गराउँदै आक्रोश पनि व्यक्त गरे ।
कार्यक्रममा काँग्रेस महामन्त्री डा कोइरालाले बिपी कोइरालाले प्रजातन्त्र, जनअधिकार र प्रेस स्वतन्त्रताका लागि आजीवन संघर्ष गर्नुपरेको स्मरण गर्दै संविधान र लोकतन्त्र विपरीतका क्रियाकलापमा प्रेसले निर्बाध रुपमा कलम चलाउनुपर्ने बताएका छन् ।
0
Shares