राजु थापा, क्यानडा ।
नेप्लीज क्यानिडयन क्रिकेट कल्व क्यानडाले यही जुलाइ २८ तारीख शनिवार देखि प्रथम एन सि सि कप क्रिकेट प्रतियेगिता अयाेजना गर्ने भएके छ । भर्खरै सम्पन् अन्टारियाे प्रबिन्सियल र्इलेक्सनमा माल्टन मिसिसागा क्षेत्रबाट निर्बाचित सांसद दिपक अानन्द र एनअारएनए क्यानडाका अध्यक्ष गाेपिकृष्ण काफ्लेकाे प्रमुख अातित्थ्यमा सम्पन्न हुन लागेके उक्त प्रतियाेगितामा नेपाली समूदायका ३ टिमले सहभागिता जनाउने भएका छन् ।
नेपालमा क्रिकेट खेलकाे तिब्र बिकास संगै क्यानडामा रहेका नेपाली क्रिकेट खेलाडीहरू पनि ब्यस्त समयमा उत्सुकता लिएर लाग्नुले नेपालकाे क्रिकेट खेलकाे बिकासमा समेत सहयाेग पुग्न जाने अशा लिन सकिन्छ । जिटिएमा रहेर क्रिकेट खेलमा लगनशिल युवाहरुलाई यस्ता प्रतियाेगिताहरूले ठुलो अवसर दिन सक्छ । सबै क्षेत्रबाट युवाहरुको यो पहलमा सधै साथ, सहयोग हौसला दिनु क्यानडा बासी सवै नेपालीहरुको नैतिक जिम्मेवारि रहेको देखिन्छ । एनअारएनए क्यानडाले पनि समूदाय भित्र बाट खेलकुदकाे बिकासमा चासाे लिइरहेकाे छ । क्रिकेट कल्वले समूदायका सदस्यहरूलार्इ प्रतियाेगितामा उपस्थित भै साथ, सहयाेग र सहभागिताकाे लागि अनुरेाध गरेका छ ।