बाह्रदशी गाउँपालिकामा काँग्रेसको जित

झापा, असार २१ । काँकडभिट्टा झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

विजयी हुनेमा अध्यक्षमा खड्गप्रसाद राजवंशीले ५५३९ मत र उपाध्यक्ष पदमा रत्ना राजवंशीले ५४५३ मत पाप्त गरेका छन् । त्यसैगरी अध्यक्षमा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण पाठकले ५१११ र उपाध्यक्ष पदमा एमालेकै गौरादेवी धमलाले ५२५६ मत ल्याएका छन् ।

झापाका जम्मा १५ वटा स्थानीय तहमध्ये ६ वटाको परिणाम आइसकेको छ । जसमध्ये तीनवटा गाउँपालिका हल्दिबारी, केचनकवल र गौरीगन्जमा राष्ट्रिय प्रजातन्त्र पार्टी, कनकाई नगरपालिकामा नेकपा एमाले, कमल गाउँपालिकामा नेकपा एमाले र झापा गाउँपालिका र बाह्रशीमा गाउँपालिकामा नेपाली काँग्रेस विजयी बनेको छ भने बाँकी मेचीनगर, दमक, भद्रपुर, विर्तामोड, शिवसताक्षी र अर्जुनधारा नगरपालिका र वुद्धशान्ति गाउँपालिकामा नेकपा एमाले अगाडि रहेको छ ।