रसुवा, साउन १३ । नेपाल र चीन आवतजावत गर्ने रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ ।
ठाडोखोलामा आएको बाढीका कारण पक्की पुलमा क्षति पुगेपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई रोक लगाइएको हो ।
जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा आजबाट अध्ययन कार्य थालिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जनाए ।
गत शुक्रबारको अविरल वर्षाका कारण घट्टेखोलामा आएको बाढीले पानीको बहाव बढेपछि दक्षिणतर्फको पुलको जगमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ । सवारीसाधन नगुडेपछि भन्सार राजश्वमा दैनिक रु एक करोड घाटा हुन गएको भन्सार कार्यालयले बताएको छ ।
चीन सरकारले निर्माण गरेको सो पुल क्षतिको स्थानमा सडक विभागका प्रतिनिधिले जगको गहिराइ कति छ चिनियाँ प्राविधिकसँग पनि समन्वय गरी पाँच दिनभित्र गल्छी रसुवागढी राजमार्गको सिधा यातायात सञ्चालन गर्ने लक्ष्य लिएको प्रजिअ पौडेलले जानकारी गराए ।