अस्ट्रेलयामा रहेका युवा ब्यवशायीहरूको लगानीमा बनेको चलचित्र ‘मिस्टर भर्जिन’ भदौ एक गते बजारमा आउने भएको छ। फील्म आउनु केहि सात अगाडि यसको नया गीत टुल्की सार्वजनिक भएको छ । ‘ए मेरी टुल्की नलाइ बाडुल्की ” नामक यो गित निकै कर्णप्रीय रहेको छ । चलचित्रको कथाबस्तुमा ढलेको यो गितमा सुदुरपश्चिमका केहि लोकस्वरमा पनि गीतमा समिश्रण गरेर नयापन दिन खोजिएको छ ।
अस्ट्रेलियामा रहेका चलचित्रप्रेमीहरू खिलेन्द्रराज तिम्सिना, प्रजापती सिवाकोटी र मुकेश रेग्मीको निर्माणमा बनेको चलचित्र ‘मिस्टर भर्जिन’ नेपाली चलचित्रको नयाँ प्रयोग भएको बताइएको छ। चलचित्रको टेलर भने यसै हप्ता सार्वजनिक हुदैछ ।
निर्देशक बिसारद बस्नेतको निर्देशन रहेको यो चलचित्रमा विजय बराल,गौरव पहाडी,भोलाराज सापकोटा,रवीन्द्र झा, कमलमणी नेपाल तथा सृजना सुब्बा र मरिस्का पोखरेलको मुख्य भूमिका रहेको छ। यौन मनोबिज्ञानमा आधारीत यो चलचित्र हास्यब्यङ्ग अनि रमाइलोमा रमेको निमार्ताहरुको दाबि छ ।
विदेशबाट काठमाडौं आएको ,काठमाडौंमा बसेर विदेश जान पर्खेर बसेको र गाउँबाट काठमाडौं झरेको तीन साथीहरूको भेटबाट प्रारम्भ हुने चलचित्र काठमाडौंको सेरोफेरोमा घुमेको छ । यौन विज्ञानलाई अपशब्द प्रयोग नहुने गरी दोहोरो भावमा लेखकले यसलाई सहज र सरल भाषामा चलचित्रमा दौडाएका छन्।
रमाइलो गर्ने मुडमा पुगेका केटाहरू यौनतृष्णाको रहरमा हण्डर र ठक्कर खाँदै जाने क्रममा दुई घन्टा सकिएको पत्तो नहुने यसका निमार्ता खिलेन्द्रराज तिम्सिना बताउँछन्। नेपाल तथा विदेशमामा आगामी भदौ १ अर्थात् अगष्ट १७ मा प्रदर्शन गरिने तिम्सिनाले बताए ।
प्रवासमा रहेर पनि नेपाली चलचित्रको प्रर्वधनमा लागेका यी युवाहरूको टिमले अर्को चलचित्र कागजपत्र पनि बनाउँदै छ । हामी जहाँ रहे पनि नेपाल र नेपाली कला,संस्कृतिभन्दा बाहिर रहन सक्दैनौं, पहिलो पुस्ताका हाम्रो जिम्मेवारी पनि हो कि नयाँ पुस्तालाई आफ्नो देश र भेषका बारेमा जानकार बनाउने, अर्का निर्माता प्रजापती सिवाकोटीले बताए ।