दमक, साउन १५ । झापा गौरादह नगरपालिका– ८ को वडा कार्यालय भवन निर्माणका लागि एक दाताले रु ५० लाख मूल्यको जग्गा वडा कार्यालयलाई दान गरेका छन् ।
जिल्लाको जुरोपानीका बासिन्दा घनश्याम जोशीले सो वडा कार्यालयलाई पाँच कट्ठा जग्गा दान गरेका हुन् । जोशीले सो जग्गा वडा कार्यालयको नाममा रजिष्टे«शन पास गरेका छन् ।
मुख्य सडकबाट वडा कार्यालयसम्म पुग्न सहायक बाटोका लागिसमेत निःशुल्क जग्गा दिने जोशीसँग सहमति भएको वडाध्यक्ष भूमिराज पोखरेलले बताएका छन् । आगामी मंसिरदेखि भवन निर्माणको काम थाल्ने उनले जनाएका छन् ।
गौरादह नगरपालिकाको वडा नं १, ५, ६, ७ र ९ को आफ्नै भवन छ । वडा नं २, ३, ४ र ८ को वडा कार्यालयको कामकाज भने हाल भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।
0
Shares