काठमाडौं, साउन १७ । मदिरा र लागूऔषध सेवनले बलात्कारका घटना मौलाउदै जान थालेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् ।
समाजमा मदिरा खुला रहको र लागूऔषध कारोबार बढ्दा त्यसले दिनानुदिन बलात्कारका घटनामा वृद्धि हुँदै गएको उनको भनाई छ । लागूऔषध र मदिरा नियन्त्रणमा गृह मन्त्रालयले योजना अघि बढाएको उनले बताएका छन् ।
प्रतिनिधि सभाको वैठकमा उठेका प्रश्नको बारेमा सम्वोधन गर्दै उनले कञ्चनपुरकी निर्मला पन्तको हत्या घटनामा पनि अनुसन्धान भइरहेको जनाए ।
केही शंकास्पद व्यक्तिलाई पक्राउसमेत गरिएको उनले जानकारी गराएका छन् । मन्त्री थापाले सांसद देवी पाललाई धम्कीको घटनाको पनि गम्भीरताका साथ अनुसन्धान भइरहेको जनाएकी छिन् ।
पाललाई मंगलबार केही व्यक्तिले पेस्तोल देखाएर धम्काएका थिए । उक्त घटना राजनीतिक प्रकृतीको अपराध भएको गृहमन्त्रीको भनाई छ ।
यथास्थितिवादीहरु देशलाई अस्थीरता फैसला प्रयासमा सरकार गम्भीर भएको उनले बताए । देशको समृद्धी र प्रगती नचाहने यस्तो कार्यमा संलग्न भएको उनको भनाइ छ ।