राजु थापा, मिसिसागा ।
लालिगुरास स्पोर्टस् एण्ड कल्चरल क्लब क्यानडाले आईतवार आफ्नो बार्षिक कार्यक्रम अनुसार जिटिएको मिसीसागा सहरमा एक बार्बिक्यु कार्यक्रमको आयोजना गर्यो । ६ बर्ष अघि स्थापना भएको क्लबले प्रत्यक बर्षको समरमा बार्बिक्यु कार्यक्रम मार्फत नेपाली समुदायका सदस्यहरु बिच भेटघाट, अन्तरकृया लगायत खेलकूद गतिविधिको आयोजना मार्फत समुदायको बिकासमा भुमिका निर्वाह गर्दै आईरहेको छ ।
उक्त बार्बिक्यु कार्यक्रममा जिटिए भित्र बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा एनअरएनए क्यानडाका अध्यक्ष गेपिकृष्ण काफ्ले लगायत माल्टन मिसिसागाका फेडरल सांसद दिपक अानन्दको पनि उपस्थिति रहेको थियो । कायर्यक्रममा सांसद अनन्दले नेपाली समुदाय आफ्नो परिवार सहर रहेको र आफु सधैं नेपाली समुदायको बिकास र सहयेगमा सधै जिम्मेवार रहेको बताएका छन् ।
बार्बिक्यु कार्यक्रमको अन्तमाः क्लबका अध्यक्ष उत्तम श्रेष्ठले उपस्थित सबै लाई धन्यवाद दिएका छन् ।
0
Shares