ओखलढुङ्गा नेविसंघ अध्यक्षमा गौतम निर्वाचित

काठमाडौं, साउन २० । नेपाल विद्यार्थी संघ ओखलढुङ्गा– काठमाडौं सम्पर्क समितिको १० औं अधिबेशनबाट अध्यक्षमा शम्भु गौतम निर्वाचित भएका छन् ।

शनिबार काठमाडौं धुम्बाराहिस्थित सूर्य क्याटरिङमा सम्पन्न भएको अधिवेशनबाट गौतम निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी उपाध्यक्षमा पुस्कर थापा, सोम तामाङ, योगेश वाग्ले, प्रविण ढुंगेल, सरोज नेपाली निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा अर्जुन दाहाल, सह–सचिवमा रासिर श्रेष्ठ, रश्मि दाहाल, सन्तोष गौतम, अनिल केसी, श्रीकृष्ण सुवेदी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा यमुना दाहाल निर्वाचित भएकी छिन् ।

त्यसैगरी सदस्यमा निर्वाचित हुनेहरुमा रामिल मगर, मनोज बुढाथोकी, खिलानाथ दाहाल रहेका छन् । निर्वाचित नयाँ कार्यसमितिलाई निवर्तमान कार्यसमितिका अध्यक्ष दिपेश राजभण्डारीले खादा तथा मालाले सम्मान गर्दै बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष गौतमले आफ्नो कार्यकालमा नेविसंघको संगठन विस्तारमा कुनै पनि कमी हुन नदिने र ओखलढुंगाबाट काठमाडौं अध्ययनका लागि आएका विद्यार्थी साथिहरुका सुख दुःखमा सदा साथैमा रहने प्रतिवद्धता जनाएका छन् ।