,
गोल्डकोस्ट अोपन तेक्वान्दो प्रतियोगितामा सहभागि भइ पदक विजेता खेलाडीहरुलाई आइतबार सीड्नीमा एनआरएनआइसीसी सदस्य उषा बारिया पोखरेल र एनआरएनका पुर्व युवा संयोजक विजय पोखरेललगायतले स्वागत गरेका छन । गत साता गोल्डकोष्टमा सम्पन्न गोल्डकोस्ट ओपनमा नेपालवाट सहभागि भएका रेजिना कार्कीले स्वर्ण पदक रन्जन श्रेष्ठले स्वर्ण पदक र अनिश महर्जनले रजत पदक जितेका थिए । प्रशिक्षकका रुपमा सशभागि भएका बिशाल रायमाझीले मुलुकको प्रतिनिधित्व गरेर खेलाडीहरुले सोचेअनुरुप सफलता हात पारकेो बताए । कार्यक्रममा एनआरएन आइसीसी सदस्य उषा बारिया पोखरेलले खेलाडीहरु राष्ट्रका गहना भएकाले उनिहरुको सम्मान गर्नु आफुहरुको दायित्व भएको बताइन । उनले निकट भबिष्यमा एनआरएन न्यु साउथवेल्ससँग मिलेर पदक विजेता खेलाडीको सम्मानमा कार्यक्रमको आयोजना समेत गर्ने जानकारी दिइन । एनआरएन आइसीसीका पुर्व युवा संयोजक विजय पोखरेलले देशको झन्डा बोकेर बिश्वभर मुलुकका प्रतिनिधत्व गर्ने खेलाडीहरु देशका सच्चा राजदुत भएकोले उनिहरुलाई सहयोग र सदभाव राख्ने कुरामा सबै लाग्नु पर्ने बताए । कार्यक्रममा अभिभावककोतर्फवाट हिरादेवी पोखरेलले राष्ट्रको प्रतिनिधीत्व गर्दै अस्ट्रेलियामा आएर पदक जित्ने खेलाडी बधाइका पात्र भएकाले उनिहरुको सम्मान गर्नु सबै प्रवासीको दायित्व भएको बताइन । कार्यक्रममा खेलाडीहरुले सिडनीमा न्यानो स्वागत पाएकोमा खुसी ब्यक्त गरे । कार्यक्रममा नेपालका पुर्व राष्ट्रिय तेक्वान्दो खेलाडी रोहित तामाङले अवसर र एक्सपोज नपाउँंदा थुप्रै नेपाली प्रतिभाहरुले आफ्नो शिप र कलालाई बिश्वमाझ फैलाउन नसकेको तितो सत्य सुनाए ।