कञ्चनपुर, २१ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एमाले विजयी बनेको छ । कृष्णपुर नगरपालिकामा कुल २१ हजार ८९४ मत खसेको खसेकोमा प्रमुखमा नेकपा (एमाले) का कर्णबहादुर हमाल ६ हजार ७०६ मत ल्याई विजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमराज ओझाले ५ हजार ७६० मत प्राप्त गरे ।
उपप्रमुखमा एमालेकी रमिता रानाले ७ हजार १८ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी भुवनेश्वरी जोशीले ५ हजार ९२८ मत प्राप्त प्राप्त गरे ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रमुखमा जोगराम चौधरीले ५ हजार ७५४ तथा र उपप्रमुखमा शर्मिला थापाले पाँच हजार ४०३ मत प्राप्त गरेका छन् । नौवटा तह रहेको कञ्चनपुरमा भीमदत्तनगरपालिकामा २ वटा नगरपालिका बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाको मत परिणाम आउन बाँकी नै छ ।
0
Shares