काठमाडौँ, साउन २० । शेयर बजार आज सामान्य रुपमा ओरालो लागेको छ । आज शेयर बजार १.४३ विन्दुले ओरालो लागेर एक हजार १८९.८८ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले बताएको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.१८ विन्दुले घटेर २५०.९७ विन्दुले ओरालो लागेको छ ।
कूल १६० कम्पनीका पाँच लाख ९७ हजार ५९७ कित्ता शेयर रु १६ करोड ७० लाख ४९ हजार ६८४ मूल्यमा खरिद बिक्री भएको छ । आज पाँच उपसमूहको शेयर उकालो लाग्दा चार उपसमूहको शेयर भने ओरालो लागेको स्टकले जनाएको छ ।
बैंकिङ ३.५१, जलविद्युत् ५.६५, वित्त ०.९७, निर्जीवन बीमा ३०.९२ र उत्पादन २०.०६ बिन्दुले खस्केको छ । यस्तै होटल ४.२४, विकास बैंक ११.१७, अन्य ६.४९, माइक्रोफाइनान्स ०.२१ र बीमा ३.६४ विन्दुले उकालो लागेको छ ।
0
Shares