क्यानडामा 5के वाक सम्पन्न

राजु थापा, क्यानडा ।

एन आर एन क्यानडा र लालीगुरास स्पोर्टस एण्ड कल्चरल क्लवको संयूक्त आयोजनामा अगष्ट ११, २०१८ आईतबार ब्राम्पटनमा 5के सामुहिक वाकको आयोजना भएको थियाे । स्वस्थ रहन हिडाई र क्यानडामा नेपाल हाउसको निर्माण फण्ड संकलनको उदेस्य राखेर उक्त कार्यक्रम गरिएको थियो । प्रत्यक बर्ष आयोजना गरिने यो कार्यक्रम यो तस्रो हो । नेपाली समुदायका सदस्यहरू तथा बिभिन्न संघ संथाका प्रतिनिधिहरूको उपस्थितिमा यो कार्यक्रम हुने गरेको छ ।

हिजो भएको ५के वाकमा सम्म्राट गौतम प्रथम, भरत क्षेत्री दितिय र माधव गजुरेल तृतिय भएका छन् । बिजयि हुनेहरूलार्इ एनआरएन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्ले, उपाध्यक्ष राजकुमार महत र पूर्व एनआरएन क्यानडाका अध्यक्ष नवराज गुरुगंले नगद पुरस्कार संयूक्त रुपमा हस्तान्तरन गरेका थिए ।

साथै उक्त कार्यक्रममा नेपाल हाउस निर्माणका लागि बिभिन्न ब्यक्तिहरूले नगद घोषणा गरेका छन् । एनज्याकका अध्यक्ष गिरी बुढाथाेकिले नेपाल हाउस निर्माणमा सबै समूदायका सदस्यहरूले जिम्मेवार रहेर समय सिमा भित्र सफल पार्नु पर्नेमा जाेड दिदै अाफ्नाे धारणा राखेका थिए । त्यसैगरि एन सि एन सि का अध्यक्ष डिअार खनालले पनि याे समुदायकाे अाबस्यकताकाे अभियानलार्इ सबैले सफल पार्नु पर्नेमा जाेड दिएका छन् ।

कार्यक्रममा मुगा राजभण्डारि, दिनेश श्रेष्ठ र नाम भुषालले प्रायोजन गरेका थिए । कार्यक्रम एनअारएनए क्यानडाका युथ संयाेजक क्रिजल केसीले संचालन गरेका थिए भने लालिगुरांस स्पाेर्टस एण्ड कल्चरल क्लवका उपाध्यक्ष कुन्दन  घिमिरेले सहभागि सवैलार्इ स्वागत गरेका थिए ।