सरकारको अधिनायकवादी प्रवृति विरुद्ध र स्वतन्त्र न्यायपालिकाको लागि नेपाल विद्यार्थी संघले खबरदारी गर्नुपर्ने नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले बताएका छन् ।
नेविसंघ गोर्खा काठमाडौं सम्पर्क समितिको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । विद्यार्थीको नेता विद्यार्थी नै हुनुपर्नेमा जोड दिँदै डा महतले भने अहिले विद्यार्थीसँग प्रत्यक्ष अन्तक्र्रिया गर्न नसक्नेहरु नेतृत्वमा पुगेको आरोप लगाएका छन् ।
आम विद्यार्थीको मनोभावना विपरीत भएको नेतृत्व अहिलेको अवस्थामा सफल हुन नसकेको डा महतले बताएका छन् ।
नेपाल विद्यार्थी संघ गोर्खा सम्पर्क समितिको ११ अैं अधिवेशनबाट स्वस्थ प्रतिस्पर्धाद्वारा जो नेतृत्व लिन सक्षम छ उसैलाई नेतृत्व हस्तान्तरण गर्नका लागि डा महतले अनुरोध गरेका छन् ।
0
Shares