शेयर बजार दोहोरो अङ्कले ओरालो

काठमाडौँ, भदौ ३ । आज शेयर बजार दोहोरो अङ्कले ओरालो लागेको छ नेप्से परिसूचक १४.०३ बिन्दुले घटेर एक हजार १९६.२९ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले बताएको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ बिन्दुले घटेर २५२.५३ बिन्दुमा पुगेको छ । आज कूल १६० कम्पनीको १५ लाख ६४ हजार ६९२ कित्ता शेयर रु ३२ करोड ५२ लाख ३४ हजार ७११ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबार रकम बढे पनि बजार ओरालो लागेको हो । गत साता कारोबार रकम र नेप्सेमा समेत बढेको थियो । आज सबै उपसमूहको शेयरमा गिरावट आएको छ ।

बैंकिङ ११.९२, होटल २३.०५, विकास बैंक २०.८२, जलविद्युत् ११.३, फाइनान्स ५.४८, निर्जीवन बीमा १०३.२६, उत्पादन १८.३३, अन्य ५.७१, माइक्रोफाइनान्स २३.४३ र जीवन बीमा ६४.८६ बिन्दुले घटेको स्टकले जनाएको छ ।

नागबेली लघुवित्त विकास बैंक, आइसिएफसि फाइनान्स लिमिटेडका लगानीकर्ताले पाँच प्रतिशत गुमाएका छन् ।