काठमाडौँ, भदौ ४ । फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा मृत अवस्थामा फेला परेका छन् । ८० वर्षीय झा बबहरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएको काठमाडौँ महानगरीय प्रहरी परिसरले बताएको छ ।
परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पूर्व राजदूत झाको निधन नभइ हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाएका छन् । घटनाको प्रकृति हेर्दा हत्या भएको देखिन्छ–उनले भने ।
मृतक झाको टाउको र घाँटीमा चोटपटक लागेको छ ।
श्रीमती र सुरक्षागार्ड घरमा भएका बेला उनको अकस्मात हत्या भएको देखिएकाले गहिराइमा पुगेर अनुसन्धान गरिरहेको प्रहरी प्रमुख लामाले बताएका छन् ।
0
Shares