सीडनीमा नवराज लम्सालका कबिता

अस्ट्रेलिया र अमेरिका जस्ता नेपाली समाजको नया गन्तब्यहरुमा चलचित्र र कलाकारहरुको प्रस्तुती मनग्य देखिएपनि साहित्य बिधाले खासै प्राथमीकता पाएको थिएन । तर पछिल्लो परिवेशमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको गठन र यसको चहलपहल बढ्दै गर्दा प्रवासमा नेपाली भाषा र साहित्यको पनि रुची बढ्दै गएको देखिन्छ ।

प्रवासमा नेपाली समाज बाक्लीदै गर्दा मुलुकको कला साहित्यको दायरा पनि फराकिलो बन्दै गएको पछिल्लो उदाहरण हो कवी पत्रकार डा. नवराज लम्सालको सीड्नीमा एकल प्रस्तुती । अन्ताष्ट्रिय नेपाली साहित्य समाज न्यु साउथवेल्स च्याप्टरको आयोजनमा सीडनीमा आयोजिक कार्यक्रममा शुसील चािलसेको मुक्तक संग्रह गुँंरासहरु पलाँंसहरुको लोकापर्ण समेत गरिएको थियो ।

अस्ट्रेलियाका पर्थ,ब्रिसबेन र क्यानबेरामा प्रस्तुती सकेर सिडनी आएका कवी,पत्रकार नवराज लम्सालले शनिबार राती गद्य र पद्य गरी करिब तिन दर्जन कबिता सुनाए । नेपाली समाजका अगुवा , अभिभावक र साहित्यप्रेमीको बाक्लै जमघट भएको कार्यक्रममा कवी लम्सालले केहि प्रेमील त केहि मार्मीक कविताले दर्शकको वाहावाही लुटे ।

रेडियो नेपालमा लामो समय साहित्यीक कार्यक्रम मार्फत दर्शक श्रोतासँंग जोडिएका लम्सालले अमेरिकामा बस भन्ने केहि साथीहरुको आग्रहलाई अस्वीकार गर्दै कोरेका राष्ट्रियताले ओतप्रेत कबिता र फीलीपीन्समा भेटिएकी युवतीको संझनामा कोरिएका प्रेमिल कबिता श्रोताको रोजाइमा परेका थिए ।

आफुले आफुलाई माया गर्नु ठुलो कुरा हो त्यसपछि परिबार देश अनि संसारलाई माया गर्न सकिन्छ भन्दै कबिता सुनाउदै कबी लम्सालले निराशालाई आशामा बदल्ने आफ्नो प्रयास निरन्तरत जारी रहने बताए । कबीता सुन्न आएका सीडनीका युवा ब्यवशायी किरण थापाले भाषा र साहित्य मुुलुकसँंग जोडने सबैभन्दा महत्वपुर्ण बिषय भएकोले यसको बिकास र बिस्तार हुनु महत्वपुर्ण बिषय भएको बताए । कबितासँंग रमाउदै गरेका थापाले भने बिदेशमा बस्ने हाम्रा लागि भाषा साहित्यनै मुलुकसँंग जोडने महत्वपुर्ण माध्यम हो ,यसलाई संसारमा छरिएर रहेका नेपालीबिच पुरयाउनु अहिलेको आवश्इकता पनि हो ।

अस्ट्रेसलया भ्रमणका दौरान ब्रिसबेनमा डा। केशव शर्मा पर्थमा निरज क्षेत्री,क्यान्बेरामा विनायक अधिकारी र सिड्नीमा महेश्वर शर्माले डा। लम्सालको अभिनन्दन गरेका थिए। लम्सालको उपस्थितीले अष्ट्रेलियाको नेपाली साहित्यमा नयां तरङ्ग आएको र अब उच्चस्तर साहित्यको लागि नयां बाटो खुलेको अनेसास सिड्नीका अध्यक्ष महेश्वर शर्माले वताए। अगष्ट ८ अष्ट्रेलिया आएका डा। लम्साल यहि वुधबार स्वदेश फर्कंदैछन।