एशिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपाल २५५ रनको लक्ष्य पछ्याउँदै

काठमाडौँ, भदौ १४ । एशिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो खेलमा जितका लागि २५५ रनको लक्ष्य प्राप्त गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा टस हारेर पहिलो ब्याटिङ गरेको यूएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन जोडेको छ ।

युएइका लागि ओपनर चिराग सुरीले सात चौका र एक छक्कासहित ६५ रन बनाए । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए भने १० ओभरमा दुई मेडनसहित २४ रन बनाएका थिए ।

वसन्त रेग्मी र सोमापाल कामीले समान दुई/दुई विकेट लिए । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नुपर्ने चुनौती देखिएको छ ।

यूएइ र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त गरेका देश हुन् । नेपाल केही बेरपछि जवाफी ब्याटिङमा खेल्दैछ ।