काठमाडौँ, भदौ १७ । मलेशियाको राजधानी क्वालालम्पुरमा जारी एशिया कप छनोट अन्तर्गतको चौथो खेलमा नेपालले जितका लागि १५२ रनको लक्ष्य प्राप्त गरेको छ ।
टस जितेर ब्याटिङ गर्दै आज सिङ्गापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन जोड्यो । सिङ्गापुरका लागि चेतन रामचन्द्र सूर्यबंशीले ६० रन, अनिश पारामले ३१ तथा कार्तिकेयन सुब्रमन्नियमले २० रन जोडेका छन् ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ललित नारायण राजवंशीले तीन/तीन, सोमपाल कामीले दुई तथा वसन्त रेग्मीले एक विकेट लिएका छन् । अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।
नेपालले २५ ओभरमा चार विकेट गुमाउँदै एक सय २४ रन जोडेको छ भने शनिबार भएको खेलमा नेपालले मलेसियालाई १९ रनले पछि पारेको थियो ।
0
Shares