बाढिले खेती तहनस, दुई करोड बराबरको क्षति

नेपालको टापु भनेर चिनिने महाकाली नगरपालिका (दोधराचादनी) मा नेपाल र भारतको सिमानाबाट बग्ने जोग्बुढा नदिको बाढीले बालीनालि तहसनहस बनाएको छ ।

 

महाकाली नगरपालिकाको 7,8,9,10 वडाको सुन्दर नगर र कुतियाकबरमा जोग्बुढा नदिको बाढीले करिब 2 करोड बराबरको क्षति गरेको महाकाली नगरपालिका प्रमुख वीर बहादुर सुनारले जानकारी गराएका छन् ।

महाकाली र जोग्बुढा नदिको बाढीले बर्षेनी बाली नाली तहसनहस बनाउनुका साथै घरबार डुबाउने गरेको उनको भनाइ छ । पछिल्लो समय महाकाली नदिमा तटबन्ध बाँधिएपछि महाकाली रोकिए पनि जोग्बुढा नदिले भने प्रभाबित बनाउने उनले बताए ।

उक्त बाढीबाट भएको क्षतिको बिबरण संकलन गरि उचित क्षतिपूर्तिका लागि नगरपालिकाबाट सक्दो सहयोग गरिने नगरपालिका प्रमुख सुनारले बताएका छन् ।