- बद्री पन्त
जाजरकोट २९, भदौ । जाजरकोटको छेडागाड नगरपालिका ५ थलहबजार स्थित एक मेडिकलमा उपचार गराउन आएकी एक महिलाको स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको छ ।
सामान्य ज्वरोको उपचारका लागि जयलक्ष्मी मेडिको फर्म मेडिकल गएकी छेडागाड नगरपालिका–१० झाप्रा नल्फुकी ३८ वर्षिया पन्चकलानाथ योगीको मृत्यु भएको हो । नाथको मृत्यु भएपछि आक्रोशित स्थानिय र आफन्तले मेडिकल संचालक तिलकबहादुर बोहरालाई कारवाही र क्षतिपुर्तीको माग गदै प्रर्दशन गरेका छन् ।
घटनापछि प्रहरीले मेडिकलका सञ्चालक बोहोरालाइ पक्राउ गरेको छ । उपचारमा लापर्बाही गरेर आमाको ज्यान गएको छोरा किशोर नाथ थोगीले बताए । ५ बर्ष अघि श्रीमानको मृत्यु भएर एकल जीवन बिताइ रहेकी नाथका २ छोरा र एक छोरी छन् । मृतक महिलाको पोष्टमार्टमका लागि जाजरकोट अस्पताल ल्याइदै गरेको प्रहरी निरीक्षक लोकबहादुर विष्टले बताए । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सुर्खेत स्थित जयलक्ष्मी मेडिको फर्मको नामबाट बोहराले मेडिकल संचालन गदै आएका थिए । मेडिकल संचालनका लागि फार्मेसी पढेर मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिनु पर्ने प्रावधान छ तर उनले अर्कोको नामबाट २०५४ साल देखि अवैध रुपमा मेडिकल संचालन गदै आएका थिए ।
मेडिकल संचालक बोहरालाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याउन निर्देशन दिइएको प्रहरी निरीक्षक विष्टको भनाई छ ।
गत बर्ष स्थानीय प्रशासले अनुगमन गर्दा बोहोराले अबैध रुपमा मेडिकल सन्चालन गरेको भन्दै बोहोराले आइदा मेडिकल नचलाउने र बन्द गर्ने कागज समेत गरेका थिए । जाजरकोटका दुर्गम गाउँहरुमा अबैध मेडिकलको विगविगी छ ।