बाटो मर्मत हुन नसक्दा विरामीलाई सास्ती

जाजरकोट, असार २८ । बाटो मर्मतको काम नहुँदा बिरामी बोकेर अस्पताल आउने एम्बुलेन्ससमेत आउन सकिरहेका छैनन् ।

विगत एक महिनादेखि भत्किएको उक्त बाटोे मर्मत नहुँदा उपचारका लागि जिल्ला अस्पतालसम्म पुग्ने बिरामीलाई सकस परेको छ । उनीहरु करिब चार सय मिटर टाढाबाट नै ओर्लिएर हिड्नुपर्ने बाध्यतामा छन् । उपचारका लागि आउने बिरामी, औषधि र अन्य सामग्रीलाई मानिसले बोकेर अस्पताल परिसरसम्म ल्याउँदा चर्को मूल्य तिर्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका सुब्बा लमबहादुर खड्काले बताए ।

तीन वर्षअघि खलङ्गा रिम्ना सडक अन्र्तगत पर्ने उक्त सडकसँग जोडेर बैकल्पिक बाटो निर्माण गरे पनि अहिले त्यो पनि सञ्चालनमा आउन सकेको छैन् ।