पेट्रोलियम पदार्थ र यातायातको भाडा वृद्धिको बिरुद्धमा नेबिसंघ आन्दोलित

काठमाडौं, असोज ८ । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि र १० प्रतिशत यातायात भाडा वृद्धिको बिरुद्धमा आज नेबिसंघ आर आर क्याम्पस इकाइले प्रदर्शनिमार्गस्थित १ घण्टा चक्काजाम गरि आन्दोलन गरेको छ ।

दशैं तिहारजस्ता मूख्य चाडबाडको मुखमा आएर सरकारले गलत कदम चालेको भन्दै आर आर नेविसंघ मुल्य वृद्धि फिर्ता गर्न माग राख्दै सरकारको गलत कदमका विरुद्धमा चक्का जाम गरेको हो ।

आर आर क्याम्पसका इकाइ अध्यक्ष सन्जिब ढकालको नेतृत्वमा भएको आन्दोलनमा नेबिसंघका केन्द्रिय उपाध्यक्ष सागर परियार, नेबिसंघका केन्द्रिय सदस्य तारक केसी, नेपाल तरुण दलका काठमाडौ जिल्ला सचिब दिनेश बिक्रम शाह, तरुण दलका नेता रत्न महर्जन लगायतले सरकारले अनावश्यक रुपमा बढाएको मूल्य र यातायात भाडा फिर्ता नगरे आफुहरुले चरण बद्ध आन्दोलन गर्ने चेतावनी दिएको नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका सचिब तथा स्वबियु सदस्य अशोक बिस्टले जनाएका छन् ।