प्रवासमा नेपालका नाममा आयोजना हुने मेला हुन या महोत्सव, यीनीहरुले कतै न कतै मुलुकको पहिचान बढाएकै हुन्छन । बिश्वभर छरिएर रहेको नेपाली समाज आफ्नो पहिचान अभिबृद्धीसँंगै मुलुकको बिकास र बिस्तारका लागि जतिखेर जे गर्न पनि तयार रहन्छन । अस्ट्रेलिया यतिखेर नेपालीहरुको आकर्षक गन्तब्य बनिरहँंदा यहाको नेपाली समाज पनि द्रुत गतिमा फैलिरहेको छ । सत्तरीको दशकवाट सुरु भएको नेपालीको बसाइ सराइ पछिल्लो दश बर्षमा हवात्तै बढेको छ ।
अहिले करिब एक लाखको हाराहारीमा नेपाली अस्ट्रेलियामा रहेको देखिन्छ । नेपाली समाज बाक्लीदै गर्दा यहाँं नेपालीपनले पनि प्रसस्तै महत्व पाएको छ । चाहे त्यो गित,संगित होस वा चलचित्र ,अस्ट्रेलिया सबैको पुहँंचमा पुगेको देखिन्छ । हरेक हप्ता जसो हुने कार्यक्रमले अस्ट्रेलियामा नेपालीपन मात्रै होइन नेपाली मनको पनि ब्याख्या गरिसकेको छ । यस्तै गैर आवासिय नेपाली संघ अस्ट्रेलियाले हरेक दुइ बर्षमा एक पटक आयोजना गर्ने नेपाल महोत्सव भने मुलुक चिनाउने महत्वपुर्ण मेलाका रुपमा प्रमाणित हुदै आएको छ । हरेक दुइ बर्षमा अस्ट्रेलियाभर मनाइने नेपाल महोत्सवमा हजारौ नेपाली तथा बिदेशी दर्शकले नेपालीपनको स्वाद चाख्ने गर्छन । चाहे त्यो खाना वा गाना नै किन नहोस ।
एनआरएन अस्ट्रेलियाको महत्वाकाक्षी योजनाका रुपमा रहेको नेपाल फेस्टीवलको सीडनी संस्करण सबैभन्दा ब्यापक र महत्वपुर्ण मानिन्छ । करिब एक करोड रुपैयाको बजेटमा सन्चालन हुने यो महोत्सवमा नेपालवाट कलाकार सहित नेपाली खाना र कला,संस्कृतीको पहिचानको लागि पनि महत्वपुर्ण रहेको छ । यस पटक आउदो नोभेम्बर २४ तारिखमा सिडनीमा नेपाल महोत्सव हुन गइरहेको छ । सिडनीको पर्यटकिय क्षेत्र अर्थात केन्द्रमा रहेको टुम्बालोङ पार्कमा आयोजना हुने यो महोत्सवमा नेपालवाट राजेश पायल राइ , बिश्व नेपाली,तृष्णा गुरुङ ,पुशपती शर्मा, आचँंल शर्मा र शिव हमालको सहभागिता हुने यस कार्यक्रमका संयोजक तथा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले बताए ।
एक देश ,कथा अनेक नाराका साथ यस पटक हामीले नेपाल महोत्सवलाई भब्य र सब्य बनाउन तयारी सुरु गरिसेकका छौ र आधाआधि काम पनि पुरा भैसकेको छ, उपाध्यक्ष गुरुङले सुनाए । उनले मुलुक चिनाउने महत्वपुर्ण माध्यमका रुपमा महोत्सव रहेको हुँंदा ब्यापकरुपमा अस्ट्रेलियनहरुको सहभागिताको प्रयास भैरहेको सुनाए । कार्यक्रमका लागि बिभिन्न समिती र उप समितीहरुले आआफ्नो काम अगाडि बढाइसकेको र महोत्सवमा अस्ट्रेलियाका राजनितीक दलका नेताहरुको समेत सहभािगता रहने टुंगो लागिसकेको गुरुङले सुनाए । बास्तबमै हामी बिदेशमा बसेर मुलुकका लागि गर्नसक्ने भनेको यही नै हो , हामी मुलुकको पर्यटन प्रर्वधनका लागि महोत्सव मार्फत नेपालको सुन्दरता र नेपालीको आदरभावलाई अस्ट्रेलियामा फैलाउने भरपुर प्रयास गेर्नछौ , संयोजक गुरुङले सुनाए ।
महोत्सव एनआरएन अस्ट्रेलियाकै अत्यन्तै महत्वपुर्ण अंग भएको एनआरएन अस्ट्रेलियाका प्रवक्ता तथा प्रायोजक संयोजक डिला खरेलले बताए । मुलुकको कला ,संस्कृती र हाम्रो खानालाई अस्ट्रेलियामा फैलाउने हाम्रो अभियानसँंगै नेपाललाई अस्ट्रेलियनहरु बिच चिनाउने र नेपाल भ्रमणको लागि प्रोत्साहन गर्ने यसको मुख्य लक्ष्य रहदै आएको छ । प्रतेक बर्ष तिस हजार भन्दा बढि दर्शक श्रोताको उपस्थीत हुने यो मेला साच्चीकै बिदेशमा हुने मेला वा महोत्सवमध्येकै उत्कृष्ट पनि हो र यसले देश चिनाउने काम पनि गर्दै आएको छ, खरेलले ठोकुवा गरे ।