अस्ट्रेलियनअध्यागमन मन्त्री डेविड कोलम्यानको सहभागिता
गैर आवासिय नेपाली संघ अस्ट्रेलियाले हरेक दुइ बर्षमा एक पटक आयोजना गर्ने नेपाल महोत्सव यस पटक नोभेम्बर २४ मा भब्य र सभ्य रुपमा सम्पन्न आयोजकले जनाएको छ । सोमबार स्थानिय इन्द्रेणी फङ्सन सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गर्दै एनआरएनका उपाध्यक्ष तथा सीडनी महोत्सव तयारी समितीका संयोजक नन्द गुरुङले महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न कुनै कसर बाकी नराख्ने बताए । उनले यस पटक महोत्सव अगावै मुलुक चिनाउने अभियानमा सिडनी शहरका सडकमा नेपाली झन्डा फहराउने ब्यवस्था समेत गरिएको बताए । यस पटक महोत्सवको कुल खर्च एक करोड २९ लाख रहेको र आम्दानी भने एक करोड ४३ लाख रहने बताउदै संयोजक नन्द गुरुङले यसका लागि सबै खाले तयारी पुरा भैसकेको बताए । उनले महोत्सवमा प्रमुख अतिथीका रुपमा अस्ट्रेलियन सरकारका अध्यागमन मन्त्री डेविड कोलम्यानको सहभागिगता रहने पक्का भैसकेको बताए । यसै गरी सांसद जुल फीन र लेबरका नेता लुक फोयले पनि सहभागिता पक्का गरिसकेको गुरुङले बताए ।
कार्यक्रममा एनआरएन आइसीसीका अध्यक्ष भवन भट्ट, लेबरका नेता बिल सर्टन सांसद मिचेल रोलान्डलाई निमन्त्रण गरिएको बताउदै संयोजक गुरुङले भने यस पटक मुलुक चिनाउने महोत्सव साच्चीक्कै सोचेजस्तो हुनेछ । उनले कार्यक्रममा अस्ट्रेलियन डान्स समुहको सहभािगता हुने नेपालवाट राजेश पायल राई,बिश्व नेपाली,तृष्णा गुरुङ ,पुशपती शर्मा, आचँंल शर्माको सहभागिता रहने पक्का भैसकेको बताए ।
पत्रकारहरुको प्रश्नको जवाफ दिदै गुरुङले कलाकार छनोट देखि अन्य बिषयमा सम्वन्धित समितीले राय सल्लाहमा काम गरेको बताउदै यस्ता बिषयमा सबैको फरक फरक राय हुनाले एकरुपता हुन निकै कठिन हुने बताए ।
कार्यक्रममा बोल्दै एनआरएनका सचिब देब गुरुङले नेपाल महोत्सव मुलुकको पर्वधन गर्ने महोत्सव भएको हुँंदा सबैले यसमा सहभािगता जनाएर अगाडि बढ्नु पर्ने बेला आएको बताए । उनले महोत्सव एनआरएनको कार्यक्रम भएपनि समुदायको सामुहिक सहभागिता महत्वपुर्ण रहने बताए । कार्यक्रममा एनआरएनका प्रबक्ता डिला खरेलले प्रायोजक खोज्ने कार्य भैरहेको र अझसम्मको अवस्थामा महोत्सवलाई सफल बनाउन सबैको समान दायीत्व भएकोले सबैवाट सहयोगको अपेक्षा गरेको बताए । उनले महोत्सवमा मुलुकको कला,संस्कृती र खाना लगायतको प्रर्वधनका लागि ब्यवस्थापन गरिएको र बिशेषगरी यस पटक बिदेशी दर्शकको सहभागितामा जोड दिइएको बताए । खरेलले महोत्सववाट एनआरएनले करिब १५ हजार डलर बचत गर्ने योजना समेत बनाएको सुनाए ।
कार्यक्रममा एनआरएनका पुर्व अध्यक्ष गोवा कटुवालले नेपाल महोत्सवले भब्य रुपमा लिदै गर्दा यसको महत्वका बिषयमा ध्यान दिनुपर्ने बताउदै अहिलेको टिमले निकै मिहिनेतका साथ यसलाई अगाडि बढाएको बताए । नेपाली समाजका अगुवा नारायण प्रधानले कुनै बेला नेपाल भन्यो भने इटालीको नेपल्स हो भन्ने सिडनीमा अहिले नेपाल सबैको परिचित देश बनेको स्मरण गर्दै भने फैलीदो गएको नेपाली समाज र नेपाल महोत्सवले मुलुकलाई अस्ट्रेलियामा चिनाउने काम गरेको छ ।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका पुर्व उपाध्यक्ष दिनेश पोखरेलले महोत्सवलाई यहाँं रहेका सबै नेपाली संघ संगठनहरुको कार्यक्रमका रुपमा अगाडि बढाइए यसले भब्य रुप ग्रहण गर्ने हुनाले सबैलाई समेटेर अगाडि बढन आग्रह गरे ।
पत्रकार सम्मेलनमा प्रयोजक मल्टी डाइनामीकका निर्देशक मेघराज पौडेलले नेपाली समाजवाट केहि पाउदै गर्दा समाजलाई पनि केहि दिनुपर्छ भन्ने भावनाको कदर गर्दै एनआरएनसँंग महोत्सवको मुख्य प्रायोजकका रुपमा आफुहरुले हातेमालो गरेको बताए । हामीले केहि पाएका छौ भने लगानी पनि गर्न सक्नुपर्छ र आयोजकले प्रायोजकको प्रर्वधन गर्न सके दुबैको हित हुने पौडेलले बताए । कार्यक्रममा नेपालको चिनारी दिने नेपाल हाउसको बारेमा यसकी संयोजक सुधिरा शाहले देशसँंगै हाम्रो पहिचानका बिषयमा बिशेष प्रस्तुती रहने बताइन । कार्यक्रममा एनएसब्लुका पर्यटनदुत बद्री अर्यालले मुलुकको पहिचानसँंग जोडिएको यस महोत्सवमा आफ्नो छबि बिग्रने काम नगर्न आग्रह गरे ।
कार्यक्रममा एनआरएनका सदस्य सुरेस रेग्मीले स्वागत र एनएसडब्लुका उप संयोजक अर्जुन केसीले सहभागि तथा सहयोगीहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।