नेपाली काङ्ग्रेसको आजदेखी जारी केन्द्रिय समितिको बैठकमा प्रमुख भात्री सस्था नेविसंघको आगामी १२ औ महाधिवेशनमा ११ औ महाधिवेशनबाट कायम गरिएको उमेर हदबन्दीको प्रावधानलाई निरन्तरता दिनुपर्ने भन्दै ध्यानाकर्षण गराइएको छ ।
समितिकै पदाधिकारी तथा सदस्यहरुले पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शसान्क कोइराला, पुर्ण बहादुर खडका, निर्देशक समिती संयोजक प्रकाशशरण महत लगायतलाई पार्टी कार्यालय सानेपामा भेटी ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका छन ।
गत ११ औ महाधिवेशनबाट ३२ बर्ष उमेर हदबन्दीको प्रावधान राखेर महाधिवेशन सम्पन्न भएपनि नेविसंघको केन्द्रिय समितिको बैठकले विधानमा उल्लेख गरिएको उक्त प्रावधान नै हटाएर विधान संसोधन गरि अनुमोदनका लागि पार्टी केन्द्रिय समितिलाई बुझाएपछि आज सह महामन्त्री प्रेमराज जोशी, साधना घिमिरे, केन्द्रिय सदस्य तारक केसी, पदम भट्टराई, चन्द्र विक, मनिशजङ थापा, मिरा कटुवाल लगायत दुई दर्जन पदाधिकारी तथा केन्द्रिय सदस्य सहित बैठक स्थल पार्टी केन्द्रिय कार्यलयमै ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका हुन ।
लामो समय विधार्थी संगठनमा मात्र युवा पुस्ता रुमल्लिदा काङ्ग्रेसमा नया पुस्ताको उत्पादन आकर्षण र नेतृत्व विकाश प्रकृया नै अस्तव्यस्त र अलपत्र परेको र वर्तमान सन्दर्भमा कांग्रेसप्रति विधालयमै विधार्थी र युवा पुस्ताको आकर्षण र उत्पादनमा जोड दिन नेविसंघमा लामो समय योगदान गरेका अग्रज पुस्तालाई अन्य भात्री सस्था र पार्टीमा अवसर र स्थान दिएर व्यवस्थापन गर्नेगरी नया पुस्तामाझ विधार्थिको नेता विधार्थी नै बनाउनेतर्फ पार्टीले दृष्टिकोण सहितको नीति र कार्यक्रम ल्याओस भनेर ध्यानाकर्षण गराएको केन्द्रिय सदस्य तारक केसीले बताए ।
उनका अनुसार काङ्ग्रेसले वर्तमान कम्युनिस्ट गठबन्धनको धङधङी तोडन र काङ्ग्रेसमा जागरण र आशाको सन्चार गर्न पनि बिद्यार्थीको तहबाट नै सुरुवात गर्ने गरि पार्टीले नीति तथा कार्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै अगाडी बढनुपर्नेमा जोड दिए ।